|

प्यूठान : प्यूठानका दुई स्थानीय तहमा नयाँ प्रविधिबाट स्वास्थ्य परीक्षणका लागि ड्रोट्स यन्त्र सञ्चालन भएको छ। प्यूठान र स्वर्गद्बारी नगरपालिकामा ड्रोट्स नेपाल परियोजना लागू भएको हो। 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका हुन्। प्यूठानका दुई स्थानीय तहमा पाइलट परियोजनाको रुपमा यो परियोजना सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए। नयाँ प्रविधिबाट क्षयरोगका विरामी पत्ता लगाउन र बिरामीलाई उचित उपचारमा ल्याई न्यूनीकरणमा सघाउ पुर्‍याउने उद्देश्यसहित नेपालमा पहिलो पटक यो पाइलट परियोजना सञ्चालन गरिएको हो।

‘नयाँ प्रविधिले दुर्गम बस्तीमा पुगेर खकार लिई विरामीलाई सहजता ल्याउने अपेक्षा छ’ प्रमुख सुवेदीले भने ‘यो प्यूठानका दुई स्थानीय तहमा परीक्षण परियोजना हो।’ गाउँ गाउँमा स्वास्थ्य स्वयंसेवीकाको माध्यमबाट विरामीको खकार संकलन गरी ड्रोनमार्फत ढुवानी गरिने छ। 

पछिल्लो समय क्षयरोगले धेरै व्यक्ति संक्रमित भएका कारण यस्को निवारण गर्न अत्यावश्यक छ। क्षयरोग परीक्षणका लागि नेपाल सरकारले चेक जाँच, औषधि उपचार र पोषण भत्ता समेत निशुल्क सेवा प्रदान गरेको छ। निशुल्क पाइने सेवा सुविधा भएका कारण यसको निवारणमा सहज हुने विश्वास लिइएको प्रमुख सुवेदीको भनाई छ। 

सन् २०५० सम्म नेपालबाट क्षयरोग अन्य गर्ने उद्देश्यसहित नेपाल सरकारले क्षयरोग विरुद्धका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख श्रेष्ठले जानकारी दिए। स्थानीय भाषामा यसलाई टि.भी पनि भनिन्छ।

‘ड्रोट्स नेपाल परियोजनाले क्षयरोग नियन्त्रणका समस्या तथा चुनौतीलाई निदान गर्नेछ’ महाशाखाका प्रमुख श्रेष्ठले भने ‘भौगोलिक रुपमा विकट मानिने दुर्गम वस्तीका जनसमुदायमा यस परियोजनाले सर्वसुलभ माध्ययम बन्ने छ।’ यसकालागि स्वयंसेवीलाई गाउँगाउँ पठाइ खकारको नमुनाजम्मा गर्ने र ड्रोट्सबाट औषधि खकार ढुवानी गरी समयमै रोग पत्तालगाउन सकिने उपेक्षा गरिएको छ। 

ड्रोट्स कार्यक्रमले क्षयरोग, यसको रोगथाम र नियन्त्रण सम्बन्धी समुदायको जागरुकतामा बृद्धि गराउने, क्षयरोग पत्तालाग्ने दरमा बृद्धि, क्षयरोगको उपचार सफलता दरमा बृद्धि, क्षयरोग नियन्त्रण र व्यवस्थापनकालागि सम्बन्धित सरोकारवालाको संलग्नतामा बृद्धि गरी क्षयरोग अन्त्य गर्ने उपेक्षा राखेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

गतआवमा प्यूठान जिल्लामा ३८९ जना क्षयरोगका विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयमा तथ्यांक छ। यसमध्ये प्यूठान नगरपालिकामा ८१ जना र स्वर्गद्बारी नगरपालिकामा ६१ जना क्षयरोगका विरामी छन्। क्षयरोग सरुवा रोग भएकोले एकजना व्यक्तिले १० जना सम्मलाई सहज सार्ने सक्ने हुँदा एक पटक सबैले स्वास्थ्य परीक्षण गरी औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ। 

ड्रोनले के के गर्छ ? 

ड्रोट्स परियोजनामार्फत सञ्चालनमा ल्याइएको ड्रोनले प्यूठान नगरपालिका र स्वर्गद्बारी नगरपालिका भित्रका गाउँमा गइ स्वास्थ्य स्वयंसेवीकाले जम्मा गरेका खकारको ढुवानी गरी अस्पतालसम्म ल्याउने व्यवस्था रहेको छ। करिव ७ के.जी ढुवानी गर्न सक्ने यी प्रविधिले स्वास्थ्यकर्मी र ग्रामीण समुदायका बृद्धबृद्धा, असहाय लगायतलाई सहजता ल्याउने छ। यसले क्षयरोग परीक्षणमा सर्वसुलभ माध्ययम बन्ने अपेक्षा पनि गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.