काठमाडौं : प्रियंका कार्की र पल शाह नेपाली चलचित्र क्षेत्रमा व्यस्त कलाकार हुन् । उनीहरुले सयौं म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
तर, जोडीका रुपमा उनीहरु कमै देखिन्छन् । शुक्रबार ब्युटीपार्लर बोलको गीतको म्युजिक भिडियोमा पल र प्रियंका जोडीका रुपमा देखिएका छन् ।
मेलिना राई र ध्रुव बिस्कोको स्वर रहेको गीतको भिडियोमा पल र प्रियंकासँगै सकिना इटानी पनि देखिएकी छिन् ।
सरोज ओलीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका हुन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् ।
दीपक शर्माको संगीत र श्रमिक बरालको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।
भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।