|

काठमाडौं : फ्रान्समा जारी महिला विश्वकपको समुह ‘डी’ को पहिलो खेलमा साविक उपविजेता जापानले अजेन्टिनाको सामना गर्दैछ । दुवै टोली जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्ने दाउमा हुनेछन् । खेल पार्स डेस प्रिन्समा नेपाली समय अनुसार ९ः४५ बजे हुनेछ । 

अर्जेन्टिनाविरुद्ध महिला विश्वकपको यसअघिका २ भेटमा जापानले बाजी मारेको थियो  । दुई संस्करणको समूह चरणमा अर्जेन्टिनाले ७ गोल व्यर्होन पुगेको छ । सन २००३ मा ६-० ले हारेको अर्जेन्टिना २००७ मा १-० ले हार्‍यो ।

सन २०११ को बिजेता तथा २०१५ को उपविजेता जापान महिला विश्वकपको ८ वटै संस्करणमा सहभागी टोली हो भने अजेन्टिनाले १२ वर्षपछि महिला विश्वकपमा कमव्याक गरेको छ ।  

पानामालाई पछि पार्दै अजेन्टिनाले दक्षिण अमेरिकाबाट ब्राजिल र चिलीसँगै विश्वकपमा सहभागिताको अवसर पाएको हो । 

दुई संस्करणको ६ खेलमा उस्ले २ गोल गर्दै ३३ गोल व्यर्होरेको थियो । यता जापानले ८ वटा संस्करणको आफनो पहिलो खेलमा एक मात्र पराजय व्यहोरेको छ । सन् १९९१ को पहिलो संस्करणमा जापानलाई ब्राजिलले २-१ ले हराएको थियो । पछिल्लो ५ खेलमा जापान अपराजित रहेको छ  । उस्ले ३ जित र २ बराबरी नतिजा निकालेको छ । 

सन २०११ को छैटो संस्करणको उपाधीका लागी जापानले टाइब्रेकरमा अमेरिकालाई ३-१ गोल अन्तरले हराएको थियो । त्यसैगरी २०१५ मा अमेरिकाले जापानमाथी ५-२ गोलको फराकिलो अन्तरले हराउदै उपाधि चुम्यो ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.