|

काठमाडौं : विपक्षी दलको अवरोधका कारण संसद बैठक बिहीबारसम्म स्थगित भएको छ। सोमबार संसद बैठकमा नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले बोलेलगत्तै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले संसद बैठक पुस ७ गते बिहीबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरेकी हुन्।

यो सहित विपक्षीको अवरोधका कारण संसद बैठक सातपटक अवरुद्ध भैसकेको छ। सोमबारको संसद बैठकमा सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकका बारेमा छलफल गर्ने कार्यसूचि थियो।

विधेयक दर्ता भएसँगै संसद तथा सडकमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयक फिर्ता लिन माग गर्दै आएको छ। विधेयक राष्ट्रघाती भएको दावी एमालेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.