|

काठमाडौं : नेपा राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकले सबै नेपालीहरुले हार्ने अवस्था आएको बताएका छन्। सोमबार संसद बैठकमा बोल्दै संसदका ज्येष्ठ सदस्य राजवंशीले महाभारत युद्धमा पाण्डव र कौरव दुवै पक्षले हारेजस्तै अहिले पनि सबै नेपालीले हार्ने र विदेशीले फाइदा लिने अवस्था आउन सक्ने खतरा रहेको बताए।

महाभारत युद्धमा पाण्डव र कौरव दुवै पक्षले हारेर श्रीकृष्ण जितेका थिए' उनले भने ' अहिले पनि सबै दल र सिंगो नेपालले हार्न सक्छ।' अहिले मुलुकमा सुगौली सन्धीपछिको डरलाग्दो घडी आएको भन्दै उनले संविधान संशोधन प्रस्तावका कारण नेपालको भूभाग खुम्चिन सक्ने बताए। 'सुगौली सन्धीले नेपाली भूमि खुम्चियो। यस मुद्दाले नेपालको भूभाग खुम्चिन सक्छ" सांसद राजवंशीले भने।  

उनले सरकारले आफ्नो प्रतिष्ठा जोगाउन निर्वाचनको गोटी अगाडि सारेपनि संशोधन विधेयक फिर्ता लिनु नै उपयुक्त विकल्प भएको बताए। अहिले ५ नम्बर प्रदेशमा देखिएको आन्दोलनलाई आगोको झिल्कासँग तुलना गर्दै सांसद राजवंशीले यसलाई बेलैमा ननिभाए डढेलोमा परिणत हुन सक्ने बताए। उनले सीमांकन टुंगो लगाउन भूगोलविद, समाजशास्त्री र नेपालको देश सुहाउँदो सुझाव दिन सक्ने वुद्धिमान सम्मिलित आयोग बनाउनुपर्ने धारणा राखे।

संशोधन विधेयक संसदमा पेश गरेर मत विभाजनमा जाँदा राष्ट्रिय झण्डामा ग्रहण लाग्ने अवस्था आउने खतरा सांसद राजवंशीले औल्याए। 'संशोधनमाथि मत विभाजन गरौं। हामी प्रतिपक्ष तटस्थमा बस्यौं भने संशोधन विधेयक पारित हुँदैन, त्यसपछि मधेसमा आगो सल्किन्छ। राष्ट्रिय झण्डामा आंशिक होइन पूर्ण ग्रहण लाग्न सक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.