|
File Photo

सिन्धुली : जंगली हात्तीको आक्रमणबाट बिहीबार सिन्धुलीमा एक महिलाको ज्यान गएको छ। जंगली हात्तीको आक्रमणबाट कमलामाई नगरपालिका ८ पाथीपरानकी ४५ बर्षीया सीतामाया रानामगरको ज्यान गएको हो।

बिहीवार दिउँसो सिन्धुलीमाढी बजारबाट घरायसी सामान किनमेल गरी घर फर्कदै गर्दा बाटोमै आक्रमण गर्दा ज्यान गएको कमलामाई नगरपालिका-८ का वडाध्याक्ष टीका मोक्तानले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार अहिले प्रहरी घटनास्थल तर्फ जाँदैछन्।

त्यस क्षेत्रमा विगत दुई वर्षभन्दा बढी समयदेखि जंगली हात्तीले गाउँ नछाड्दा पाथिपरान, तीनतले सिन्धुलीको कमलाखोज क्षेत्रको रानीबास र निपानेका बासिन्दा त्रसित बन्दै आएका छन्। यसअघि जंगली हात्तीले अन्नपात तथा घरमा क्षति गर्दै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.