|
File Photo

केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ। गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ।    

आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ। उक्त फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि यस समाचारले बढी चर्चा पाएको छ।    

पूर्वी केन्याबाट सांसदमा निर्वाचित कास्सिमले आफ्नो निर्वाचन क्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको समाचारमा जनाइएको छ ।    

त्यसपछि पुरुष सांसदले ’थप्पड दिवस’ हो भनि महिला सहकर्मीलाई होच्याएको समाचारमा जनाइएको छ। कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसद संसदबाट बाहिरिएपछि आरोप लागेका सांसद पक्राउ परेका जनाइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.