|

लेखक, कोलमनिस्ट तथा प्रिन्टिङ डिजाइन व्यवसायी साउल इस्लरले ८५ वर्षको उमेरमा आफ्नो ग्रेजुएशन पूरा गरेका छन्। युवा अवस्थामा उनले विश्वविद्यालयको पढाइ गणित र विज्ञान विषयको डरले छोडिदिएका थिए। किनकि उनी यी दुवै विषयमा निकै कमजोर थिए।

स्यान्टा मोनिका कलेजबाट डिग्री लिएपछि साउलले सोचे अब सिक्नु पर्ने केही छैन। तर पछि उनलाई यो ठीक लागेन। त्यसपछि उनले सकसका साथ पुनः आफ्नो पढाइ सुरु गरे। 'मैल साढे आठ दशकको जीवनमा धेरै समस्या झेलेँ र त्यसबाट धेरै कुरा सिकेँ' उनले भने, 'आज मेरो धेरै पुरानो इच्छा पूरा भएको छ।'

साउल  अगाडि भन्छन्, 'मैले जीवनका हरेक क्षण केही न केही प्राप्त गरेको छ। सुरुमा मैले एउटा एड एजेन्सीमा काम गरेँ। त्यसपछि मैले आफ्नै प्रिन्ट डिजाइनिङको काम सुरु गरेँ। आज म एउटा स्थापित ड्राप्टम्यान हुँ।'

साउल बाल्यकालदेखि नै आफू आफ्ना बुबा जस्तै वकिल बन्न चाहन्थे। तर, गणित र विज्ञानमा निकै कमजोर थिए। त्यसैले उनले आफ्नो पढाइ बीचमै छोडिदिए। त्यसपछि उनले आफ्नो पूरा समय स्वअध्ययन गर्ने, आफ्नो शब्दावली विकास गर्ने र शब्दको परिभाषा लेख्नेमा लगाएको बताउँछन्।

साउलले ६१ वर्षको उमेरदेखि कोलम 'बुड बचर' सुर गरेका बताउँछन्। उनका अनुसार यसमा युवतीको कामको बारेमा जानकारी हुन्छ। यसैबीच उनले तीन उपन्यास, तीन लघुकथाका पुस्तक प्रकाशित गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.