|
शतक प्रहार गरेपछि खुसीयाली मनाउँदै अष्ट्रेलियाका कप्तान आरोन फिन्च

विश्वकप क्रिकेट २०१९ को २०औँ खेलमा श्रीलंका र अष्ट्रेलियाको प्रतिस्पर्धा भइरहेको छ।

जारी खेलको पहिलो इनिङ सकिएको छ। जसमा अष्ट्रेलियाले श्रीलंकाका लागि कठिन लक्ष्य प्रस्तुत गरेको छ।

अष्ट्रेलियाले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा ३३४ जन बनाएको छ। अबको केही बेरमा सुरु हुने दोस्रो इनिङमा श्रीलंकाले ३३५ रनको लक्ष्य पछ्याउने छ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले धमाकेदार ब्याटिङ गरेका छन्। फिन्चले १३२ बल खेलेर १५३ रन बनाए। उनले सानदार शतक बनाउने क्रममा १५ चौका र ५ छक्का प्रहार गरेका थिए। अष्ट्रेलियाका स्टेभेन स्मिथले ७३ रन बनाए भने ग्लेन मेक्सवेलले नटआउट ४६ रन जोडेका थिए।

बलिङतर्फ धनन्जय सिल्भा र इसुरू उडनाले समान दुई-दुई विकेट लिएका थिए भने एक विकेट लाथिस मालिंगाको नाममा रह्यो। अबको केही बेरमा श्रीलंकाले जवाफी ब्याटिङ गर्नेछ।

श्रीलंकाले पछिल्लो २४ वर्षयता विश्वकपमा अष्ट्रेलियालाई पराजित गर्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.