|

कपिलवस्तु : लागुऔषध मुद्दाका फरार अभियुक्तलाई कपिलवस्तु प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ। अदालतबाट दोषी ठहर भई २०६८ सालदेखि फरार रहेकी कपिलवस्तु नगरपालिका २ वस्ने वर्ष ४० की सन्जु भन्ने राधा कहारलाई प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध मद्दामा ०६८ असार २८ गते कपिलवस्तु जिल्ला अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। यस्तै अदालतले उक्त अभियुक्तलाई ०६९ बैशाख २८ गते पुनः लागुऔषध मुद्दामा ५ वर्ष कैद र पाँचहजार जरिवाना फैसला गरेको थियो।

फरार अभियुक्त कहारलाई ६ वर्ष पछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ। पछिल्लो समयमा कपिलवस्तुको प्रहरी टोलीले अदालतबाट कैद तथा जरिवाना तोकिएका व्यक्तिलाई पक्राउ गर्ने अभियान चलाएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए।

कपिलवस्तुमा लागुऔषध, डाँका, वन, जघन्य अपराध लगायतका मुद्दाका ५०० जना भन्दा बढी फरार रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.