|
फाइल फोटो

काठमाडौं : संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताले सुरुमा बोल्न पाउनुपर्ने माग गरेको छ। प्रधानमन्त्रीले समसायिक राजनीतिक विषय र युरोप भ्रमणबारे सम्बोधन गर्ने कार्यतालिका रहेकामा कांग्रेसले बोल्न पाउनुपर्ने माग राखेपछि बैठक बस्न सकेको छैन।

मंगलबार ११ बजे बोलाइएको बैठकमा सम्बोधन गर्नका लागि प्रधानमन्त्री नयाँ बानेश्वर पुगेका थिए। तर, कांग्रेसले आफ्ना नेताले बोल्न पाउनुपर्ने माग राखेकाले सम्बोधन ढिलाइ भएको छ।

संसद सचिवालय स्रोतकाअनुसार कार्यसूचीअनुसार प्रधानमन्त्रीको सम्बोधन सुरूमै तय भएको थियो।

यसअघि संसद बैठकको सुरुमा नै ढ्यापढ्यापे समय लिएर बोल्दै आएको प्रतिपक्षी कांग्रेसले आज पनि सुरुमा आफ्नो नेता बोल्न पाउनुपर्ने माग गरेको हो। बैठक संचालनबारे सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतकहरूसँग सभामुख कृष्णबहादुर महराले छलफल गरिरहेको उनका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.