९ नेपाली र ६ चिनियाँ थुनिएको जानकारी
९ नेपाली र ६ चिनियाँ थुनिएको जानकारी
रसुवा : रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माणस्थलमा पहिरो जाँदा १५ मजदुर सुरुङ भित्रै थुनिएका छन् ।
बिहीबार साँझ साढे ८ बजे गएको पहिरो सुरुङ निर्माणस्थलमा खस्दा १ सय मिटर भित्र १५ जना मजदुर थुनिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
पहिरोले मानवीय क्षति भएको छैन। एकजना मजदुर सामान्य घाइते भएको उनले बताएका छन् । थुनिनेमध्ये ९ जना नेपाली र ६ जना चिनियाँ मजदुर छन् ।
पहिरोका कारण मजदुर बाहिर आउन नसक्ने अवस्था रहेका कारण उद्दारको प्रयास भइरहेको बताइएको छ । पहिरो गएलगत्तै उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्दारमा खटिसकेको भण्डारीले बताए। थुनिएका मजदुरसँग वाकिटकीमार्फत कुराकानी भइरहेको बताउँदै उनीहरु सुरक्षित रहेको भण्डारीले उल्लेख गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।