|

सर्प, राजा, बाघ, अरिंगाल, बालक, पराईको कुकुर र मुर्ख निदाएका छन् भने यिनलाई कहिल्यै उठाउने प्रयास नगर्नु। तर विद्यार्थी, सेवक, पथिक, भोकले व्यकुल, भयग्रस्त व्यक्ति, भण्डारे र द्वारपाल निदाएका छन् भने यिनलाई उठाई दिनुपर्छ।

चाणक्य भन्छन्, संसारमा सबै समस्याको समाधान छ। औषधि छ। तर मुर्खता निर्मूल पार्ने कुनै औषधि नै छैन। मुर्ख र काँडाबाट टाढा रहने दुईवटा मात्र उपाय छन्, जुत्ताले मुख फोर्नु र टाढैबाट त्याग गरिदिनु। मुर्खदेखि टाढा नै रहनु उचित हुन्छ। मानिसजस्तो देखिए पनि वास्तवमा त्यो दुई खुट्टा भएको पशु हो। उसले बोलीरूपी काँडाले मानिसहरूलाई घोच्छ, जसरी दृष्टिविहीनलाई काँडाले। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.