|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएका छन्।

उनले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारबाही गर्न निर्देशन दिएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 'प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ', उनले भने।

उपचारका क्रममा वीर अस्पतलामा भर्ना भई शय्यामा रहदा चौधरीलाई साङ्लो लगाइएको थियो।

सम्बन्धित समाचारहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.