|

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आग्रहसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको कारण टीकारपुर हत्याकाण्डको अभियोगमा जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीलाई लगाइएको १४ किलोको नेल (साङ्लो) हटाइएको छ। शुक्रबार राति चौधरीलाई भेटेपछि साङलो हटाउनका लागि बाबुराम भट्टराईले आग्रह गरेको केही समयमै साङ्लो हटाइएको चौधरीका भाइ मिठुलाल चौधरीले बताए। 

'हिजो राति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आउनुभएको थियो, उहाँलाई हामीले अमानवीय व्यवहार भएको बतायौँ उहाँले पनि चासो दिनुभयो म प्रधानमन्त्रीसँग भन्छु साङ्लो खोलिदिनुस् भन्नुभएको थियो' चौधरीले भने त्यसपछि रातिबाटै साङ्लो हटायो।' 

सांसद चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालमा समेत सांसद चौधरीको खुट्टामा रहेको सो नेल नहटाएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

खुट्टाको साङ्लो हटाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माहतका निकायलाई निर्देशन दिएको जनाइएको छ। उनले मुख्यसचिव लोकदर्श रेग्मीमार्फत साङ्लो हटाउनको लागि निर्देश गरेका थिए। 

फोक्सो र ढाडमा समस्या देखिएपछि सांसद  चौधरीलाई बिहीबार वीर अस्पताल भर्ना गरी उपचार थालिएको थियो।अहिलेको उनको लागि उपचार चलिरहेको छ। 'उपचार चलिरहेको छ, एमआरआई गर्नुपर्नेछ टाइम अझै मिलेको छैन' मिठुलाललाे भने।

रेशम चौधरीलाई साङ्लो लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन 
 

रेशम चौधरी गम्भीर बिरामी, साङ्लोमा बाँधेर अस्पतालमा उपचार 

रेशमलाई भेटेपछि नेताहरूलाई बाबुरामको प्रश्न : गोलघरको यातना कति छिट्टै बिर्सेको? 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.