|

धनगढीः ब्राउन सुगरसहित पक्राउ परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। कैलाली  प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेको धनगढीका धनगढी उपमहानगरपालिका २ का ३७ वर्षीय सन्जय न्यौपानेको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
भारतबाट लागु औषध खरिद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जेठ ३१ गते न्यौपानेलाई प्रहरीले पक्राउ गरेको थियो। मलद्वारभित्र प्लास्टिकमा लुकाएर उनले ब्राउन सुगर ल्याएका थिए।

पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका न्यौपानेको मृत्यु भएको प्रहरीले बताएको छ। उनी लागु औषध सेवन कर्ता पनि भएको बताइएको छ। पक्राउ गर्दा नै उनी गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.