|

रामेछाप : नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले मन्थली बजार क्षेत्र नजिकै ग्यासको सिलिण्डर विस्फोट गरेका छन्। सोमबार राति २ बजे सिलिण्डरमा आगो लगाई विस्फोट गराएको प्रहरीले जनाएको छ।

विस्फोट पश्चात विस्फोट स्थलको निरीक्षण गर्दा टायरमा आगो बालेर ग्यासको सिलिण्डर राखेर विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए। मानव बस्ती भन्दा पर पाखाको क्षेत्रमा विस्फोट गराएकाले कुनै क्षति नभएको भट्टराईले जानकारी दिए। 

विस्फोटपछि मन्थली बजार आसपासको क्षेत्रमा त्रास फैलिएको छ। प्रहरीले समेत विहानै देखि उच्च सुरक्षा सर्तकता अपनाएको छ। विप्लवको बन्दको प्रभाव जिल्लाभरको जनजीवन प्रभावित भएको छ।

लामोदूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने छोटादूरीको सवारी साधन समेत आंशिक चलेका छन्। जिल्लामा रहेका क्याम्पसहरुको बिहानी कक्षाको पढाइ प्रभावित बनेको छ।  पसल व्यवसायहरू छिटफुट खुलेका छन्। यातायात सञ्चालनमा प्रहरीले स्कर्टिङको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.