बजेटमा भेदभाव गरेको भन्दै आन्दोलन

|

पोखरा : कांग्रेसनिकट जनप्रतिनिधिले पोखरा महानगरपालिकाको कार्यालयमा ताला लगाएका छन्। पोखरा महानगरले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेट (रेडबुक) सच्याउन माग गर्दै कांग्रेसकाबाट निर्वाचित वडाअध्यक्षसहित जनप्रतिनिधिले बिहीबार महानगरको गेटमा ताला लगाएका हुन्।

महानगर प्रमुख मानबहादुर जीसीले बजेटबारे छलफल नै नगरी पारित गरेको भन्दै कांग्रेसनिकट जनप्रतिनिधीले विरोध जनाएका छन्। 

उनीहरुले बुधबार रेडबुक नै च्यातेका थिए। ‘बजेट प्रस्तुत गरेर त्यसमाथि छलफल नै नगरी पारित गर्ने कतिसम्मको ज्यादती हो यो। मेयर सा’वलाई छलफल डाक्नुस भन्दा मन लागेको गर्नुस भन्ने ?’ वडा नम्बर  ९ का अध्यक्ष रामराज लामिछानेले भने। 

आफुहरु पनि जनताबाटै चुनिएर आएको महानगर प्रमुखले बिर्सेको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए। बजेटमाथि छलफल नै नगरी मेयरको बलमा पारित गरिएको आरोप छ। 

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट प्रस्तुत गरेको थियो। उक्त बजेट आएपछि बुधबार बिनियोजन विधेयक पारित भइसकेको छ। 

‘बजेट आएपछि छलफल गर्नुपर्दैन?,’ वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोलाले भने, ‘नीति तथा कार्यक्रम आएपछि बजेट ल्याइयो। बजेटमा आफ्ना कुरा राख्न नपाउने कहिँ हुन्छ। तानाशाही शासन जस्तो लाद्न खोज्ने ?’

बजेट वितरण गर्दा सत्ता पक्ष र विपक्षी जनप्रतिनिधि भनेर भेदभाव गरिएको उनले गुनासो गरे। ‘जनताको करबाट आएको पैसामा सबैको उत्तिकै हक लाग्छ’, उनले भने, ‘एउटा वडाको जनताले थोरै अर्काेले धेरै पाउने हुनै हुँदैन। आवश्यकता हेरौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.