|

काठमाडौं : सरकारले नेपाली नागरिकता लिएका पाँचजना भारतीयको नागरिकता खारेज गरिदिएको छ। असार ५ र ८ गते बसेका मन्त्रिपरिषदका दुई बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

नेपाली नागरिकता लिएका भारतीयहरु जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजय राउत, जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नागरिकता खारेज गर्ने निर्णय मंगलबार बसको मन्त्रिपरिषद्को निर्णयले गरेको हो।

जीवनकुमारले सप्तरीबाट, धर्मेन्द्र ठाकुर र अजय राउतले धनुषाबाट तथा यमुना र कृपालीले रौतहट जिल्ला प्रशासन कार्यालयबाट विभिन्‍न समयमा नेपाली नागरिकता लिएका थिए। 

भिडियो

पाँचजना प्रमुख सेनानीमा बढुवा

सञ्‍चारमन्त्री बाँस्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले ५ जना सेनानीलाई प्रमुख सेनानीमा बढुवा गरेको छ।

मकवानपुरको स्वच्छन्द भैरव माविको जग्गा मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई दिने केही र केही गाउँपालिकाका नाम र केन्द्र परिवर्तन गर्ने पनि मन्त्रिपरिषदले निर्णयमा छ।

त्यस्तै मन्त्रिपरिषद बैठकले लेखा समिति सभापति भरतकुमार शाहसहित ७ सदस्यीय भ्रमण टोलीलाई ४ देशका कूटनीतिक निकायको भ्रमणमा जान सैद्धान्तिक सहमति दिएको छ। आइफा आयोजना गर्न स्वीकृति दिइएको छ। यसमा बलिउडका ठूला कलाकार आउने छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.