|

पोखरा : पोखराको बगरस्थित नयाँगल्लीमा किशोरहरूबीच खुकुरी हानाहान भएको छ। फेसबुक च्याटको विषयलाई लिएर १५ र १६ वर्षे किशोरहरूबीच सोमबार दिउँसो १ बजेतिर खुकुरी हानाहान भएको हो।

कास्कीकोट घर भई बागलुङ बसपार्क बस्ने १६ वर्षका विपिन सुवेदी, १६ कै दिपेश सेन्चूरी, १७ का निकेश पुन, भुवन मगर र लोप्चन राईले अर्को समूहलाई खुकुरीले आक्रमण गरेका थिए। आक्रमणमा लोप्चनको औँला काटिएको छ भने विजयको टाउकोमा चोट लागेको छ।  

अर्को समूहमा बगर बस्ने १६ वर्षीय विजय लामा, सोही स्थान बस्ने १५ वर्षीय विकास तामाङ, अधेरीकुना बस्ने १७ का राजन शर्मा र मिरुवाका १७ वर्षीय मिन भण्डारी छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.