|

काठमाडौं : असार १६ गते संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको गोली हानाहानपछि बेपत्ता भएका आफ्ना तीनजना कार्यकर्तमध्ये एकजना पार्टीको सम्पर्कमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पुष्टि गरेको छ। प्रहरीसँगको गोली हानाहानपछि सिलिचोङबाटै नेकपाका तीनजना कार्यकर्ता बेपत्ता भएका थिए।

नेकपाले निकालेको प्रेस वक्तव्यमा भनिएको छ, 'आषाढ १६ गते संखुवासभा तिलिचुङ गाउँपालिका–१ बाट हालसम्म तीनजना कार्यकर्ताहरू सम्पर्कबिहिन भएकोमा एकजना सम्पर्कमा आएको र दुईजना अझै सम्पर्कमा छैनन्।’

प्रहरी स्रोत अनुसार गोली हानाहान भएपछि घटनास्थल भन्दा केही परेको तेन्छोबाट विप्लवका एकजना कार्यकर्ता पक्राउ परेका थिए।  

प्रहरीसँग गोली हानाहान : विप्लवका तीन कार्यकर्ता बेपत्ता! 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.