|

काठमाडौं :  शनिबारदेखि काठमाडौंमा विवोई सिटी नेपाल हुँदै छ। यसको सम्पूर्ण तयारी पूरा भइसकेको छ।  पाँच वटा क्याटागोरीमा हुने उक्त प्रतिस्‍पर्धामा उपाधी जित्नेले एसियन क्वालिफाइरका लागि ताइवान जान पाउनेछ।

बिबोई सिटी अन्तर्रााष्ट्रिय फ्रेन्चाइज हो। जसले विश्वका विभिन्न देशमा हिफपका विभिन्न चरणमा कार्यक्रम संचालन गरिरहेको छ। विगत दुई वर्षदेखि नेपालमा पनि यो कार्यक्रम संचालन गरिरहेको छ। रमाइलो कुरा के भने सन् २०१७ मा  नेपालबाट विजेता भएका नेपालका प्रिन्स केनेकी निर्णायकको भूमिकामा देखिँदै छन्। उनी विवोईको अन्तर्राष्ट्रिय कार्यक्रममा निर्णायक भूमिका महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

बिबोई सिटीफ नेपालको संयोजनाको काम भने दीपेश थापाले गरिरहेका छन्। नेपालमा हिफप प्रचलनमा आएकै १० वर्ष हुन लागिसकेको छ। जसमा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गरिरहेको छ। कार्टुन क्रु यसैको एउटा उदाहरण हो।

नेपालमा हिफपलाई पश्चिमा संस्कृतिका रूपमा चिनिने गरिएको छ। तर पछिल्लो क्रममा यूवा पुस्ताले यसलाई नेपाली कल्चरसँग मिक्स गरेर अन्तर्राष्ट्रियस्तरमा प्रस्तुति दिइरहेको थापा बताउँछन्। उनी भन्छन्, ' प्रविधिको विकासले विश्व नै एकदमै सानो गाउँ जस्तो बनिसक्यो। हाम्रो देश नेपाल कला संस्कृतिले धनी छ। फरकफरक तरिकाले हामीले हाम्रा संस्कृति विश्वसामु चिनाउन जरुरी छ।  हाम्रो मुख्य उद्देश्य भनेको हिफपको माध्यमबाट विश्वमा नेपाली पहिचान स्थापित गर्नु हो।'

विश्वका अन्य क्षेत्रमा हिफपको स्तरियता उच्च रहेको छ। तर, नेपालमा हिफपलाई आम दृष्टिकोण संकुचित रहेको छ।यो संकुचित मानसिकता हटाउन जरुरी छ। दक्षिण एसियाका देशमा भन्दा नेपालमा यसको लोकप्रियता बढ्दै गएको छ। बढिरहेको छ। विभिन्न सभा समारोहमा विभिन्न हिफप डान्सहरूको उपस्थिति बढ्दै गएको छ।  थापा भन्छन्, 'हिफप भित्र विभिन्न क्याटागोरी छन्। नेपालमा हिफपको विकास विस्तारमा रेजिना महर्जन, निशान गौचन लगायतका साथीहरूले महत्वपुर्ण भूमिका खेल्दै आउनुभएको छ।'

हिफफपको माधयमबाट बिबोय सिटी नेपालले लुकेर रहेका  युवाहरूको क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पविभिन्न कार्यक्रम गर्दै आएको छ।
'हिफपमा लाग्ने व्यक्तिले अन्तर्राष्ट्रियस्तरमा व्यक्ति समाज र देश जोड्न सक्छ। अहिले पनि नेपाली कलाकारलाई संघसंस्थाले नै खर्चमा विदेशको यात्रामा पुर्‍याउने गरेको छ। यसलाई अझ व्यवस्थित गर्दै कलाको एउटा सुन्दर पाटोलाई आम जनमानससम्म पुर्‍याउन जरुरी छ।'

अहिले समाजमा बढ्दै गएको यौन हिंसा, दुर्व्यसन, मासिक तनाव आदि हटाउन पनि हिफप फाउण्‍डेसनले विगत लामो समयदेखि काम गरिरहेको छ। थापा भन्छन्, 'हामीले फाउण्डेसनबाट देशका विभिन्न जिल्ला सामाजिक सचेतनाका कार्यक्रम गर्दै आइरहेका छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.