|
फाइल फोटो

सर्लाही : सर्लाहीको बागमतीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

आइतबार अपरान्ह ना ४ ख २३०५ नम्बरको टिपरको ठक्करबाट बागमती नगरपालिका १२ स्थित बथनीया निवासी ख्यालसाङ थिङका ५ वर्षीय छोरा आयुष थिङको घटनास्थलमै ज्यान गएको हो।

कर्मैया हथिऔल क्षेत्रीय सडकखण्ड नजिकै भित्री सडकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाए छ।

घटनालगतै स्थानीयले विरोध गरेर शव उठाउन नदिएको प्रहरीको भनाइ छ। प्रहरीले ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.