एक खर्बको ढुंगा किन्‍ने प्रस्ताव आएको दाबी

|

काठमाडौं : बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रले चुरेका ढुंगा बंगलादेशलाई बेचेर पैसा कमाउने प्रस्ताव गरेका छन्। 

संसदीय सुनुवाइ समितिको बैठकमा पूर्वसांसदसमेत रहेका मिश्रले ढुंगाका लागि एक खर्बको प्रस्ताव आएकाले बंगलादेशलाई ढुंगा बेचेर 'एक प्रयास तीन लाभ' प्रस्ताव अघि सारेका हुन्।

समितिको बैठकमा बोल्दै मिश्रले भने, ‘बंगलादेशलाई डुब्‍नबाट जोगाउन नेपालका ढुंगा चाहिएको छ। बंगलादेशबाट एक खर्बको प्रताव आएको छ, एक प्रयास तीन लाभले दोहोरो व्‍यापार हुन्छ।’ बस्तीलाई तराई-मधेसमा सारेर चुरे बचाउन सकिने उनको धारणा थियो। मिश्रको प्रस्तावमा समितिका सांसदहरु असन्तुष्टि जनाए।

समितिको बैठकमा समितिका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कुन क्षेत्रमा तपाईको प्रयास हुनेछ भन्‍ने स्पष्ट नभएको बताए। अर्का सदस्य भीमसेनदास प्रधानले वातावरणीय दृष्टिकोणले  यो प्रस्ताव उचित नभएको बताए।

समितिकी अर्की सदस्य पुष्पा भुषालले बंगलादेश र नेपालको सम्बन्ध सुधकारका लागि कसरी सोच्नुभएको छ भन्दै प्रश्न गरिन्। उनले पूर्वका व्‍यापारीको हबका रूपमा रहेको नेपालबाट बंगलादेशमा कसरी व्‍यापार बढाउन सकिन्छ भनेर प्रश्न गरिन्। सत्तारूढ दलका सांसद तथा सदस्य  राजेन्द्र श्रेष्ठले चुरे संरक्षण गर्ने राष्ट्रपतिकै कार्यक्रम भएकोले यस्तो प्रस्ताव ठीक नभएको बताए।

पूर्णकुमारी सुवेदीले भन्‍न सजिलो भए पनि  गर्न गाह्रो छ भन्दै वातावरणीय हिसाबले यो उचित नभएको बताइन्। सांसद पार्वत गुरुङले 'तपाईंको प्राथमिकता के हो भनेर स्पष्‍ट नआएको भन्दै तपाई पूर्वसांसद  राजदूत बन्दै हुनुहन्छ? राजदूत बन्दा खुसी हुनुहुन्छ कि सांसद बन्दा?' भन्दै प्रश्नत गरे। मिश्रको प्रस्तावमा सांसद सुरेन्द्र पाण्डेको पनि असहमति थियो। उनले यो प्रश्न ठीक नभएको भन्दै गम्भीर बन्न आग्रह गरे।

समितिका सदस्यहरूको असन्तुष्टिपछि जवाफमा मिश्रले आफ्नो अनुभव र कार्यक्षेत्रका विषयमा प्रस्ताव मात्रै राखेको बताए। उनले यो कुनै दस्तावेज नलेखिएको र सरकारको अधिकारिक धारणा नभएको बताए। उनले विभिन्‍न विद्धानले भनेको कुरा आफूले राखेको भन्दै सो प्रस्ताव फिर्ता लिए। तर चुरेबाट ढुंगा बगेर बंगलादेशमा पुग्ने भएकोले त्यसलाई फाइदा लिन सकिन्छ कि भनेर प्रस्ताव राखेको समितिलाई जानकारी दिए। 

कनेक्टिभिटी, पर्यटन र व्‍यापारमा समस्या भएकाले समस्याका लागि भारतसँग कुरा गरेर अघि बढ्ने जानकारी समितिलाई गराए। नेपाल र बंगलादेशको भावनात्मक सम्बन्धलाई कायम राख्न आफू कटिबद्ध रहने मिश्रले बताए।

मिश्रको अनुमोदन भने भएको छैन्। सुनुवाई समितिको बैठक तीन बजेसम्मका लागि स्थगीत गरिएको छ। तीन राजदूतको सुनुवाइ भने तीन बजेपछि मात्रै हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.