मेघको जलसमान अरु कुनै जल हुँदैन। आफ्नो बलसमान अर्काको बल हुँदैन। किनभने परेका वेला त्यही काम लाग्छ। आत्माको बल शरीरको बल भन्दा बढी हुन्छ। आँखाको ज्योतिसमान अर्को कुनै ज्योति छैन। अन्नजस्तो अरु कुनै प्रिय वस्तु छैन।
चाणक्य नीतिमा उल्लेख छ, दृष्टिले जाँचेर गोडा चाल्नुपर्छ। छानेर शुद्ध जल मात्र पिउनुपर्छ। शास्त्रले निर्देश गरेका शुद्ध वचन बोल्नुपर्छ र मनले सोचेर मात्र काम गर्नुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।