|
फाइल फोटो: दीपक केसी

सुनसरी : पूर्व प्रधानमनत्री एवम् एमालेका नेता झलनाथ खनालले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित हुन नदिने बताएका छन्। शनिबार प्रेस चौतारीले धरानमा गरेको पत्रकार भेटघाटमा खनालले राष्ट्र विखण्डन हुने संशोधन प्रस्ताव पारित हुन नदिने बताएका हुन्।

‘आकाश खस्ला, धर्ती फाट्ला तर, संसोधन प्रस्ताव एमालेले कार्यान्वयन गर्न दिँदैन। विपक्षमा सदैव रहन्छ’ खनालले भने। संविधान संशोधन प्रस्तावलाई खनालले सत्ताधारीहरुको ‘कुबेलाको सहनाइ’ को संज्ञा दिए। खनालले सरकारलाई संविधान संशोधन भन्दा कार्यान्वयनका लागि निर्वाचन उन्मुख कार्यक्रम ल्याउन आग्रह गरेका थिए। संविधान कार्यान्वयनमा सत्तापक्षले नियतवश ढिलाई गरिरहेको र यसले देशलाई संकटमा धकेल्ने खनालको आरोप थियो। सरकारले निर्वाचन गरे देश स्वतः एकतावद्ध हुने खनलले बताए।

संशोधनको असान्दर्भिक प्रस्ताव फिर्ता नगरेसम्म संसद अवरुद्ध जारी रहने खनालको भनाइ थियो। देश सहमतिबाट बनेको बताउदै सहमति अनुसार नै अघि बढ्न सत्ताधारी तथा मधेशी मोर्चालाई उनको सुझाव थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.