|
file Photo

धनगढी : सुदूरपश्चिम प्रदेशमा बजेट प्रस्तुत भएको २६ दिनपछि बजेट पारित भएको छ। आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि प्रदेश सरकारले ल्याएको बजेट बिहीबार पारित भएको हो। असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रस्तुत गरिएको बजेट २६ दिनपछि सर्वसम्मत रूपले पारित गरिएको छ।

प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित रहेको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरिरहेका थिए। विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले बजेटको विरोध मात्रै नभई रातो किताब नै जलाएका थिए।

प्रतिपक्षी दलको अवरोधका कारण तीन सातासम्म प्रदेशसभाको बैठक अवरुद्ध बनेको थियो। प्रदेश सरकार र प्रतिपक्षी दलबीच भद्र सहमति भए पनि २१ गते प्रदेशसभामा बजेट माथिको छलफल सुरु भएको हो।

चार दिनसम्म प्रदेशसभा सदस्यहरूले बजेटमाथि धारणा राखेपछि बिहीबार बजेट पारित भएको हो। बजेट पारित हुनु अघि आर्थिक मामिला तथा योजनामन्त्री बोहराले प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार २८ अर्ब १६ करोडको बजेट ल्याएको थियो। कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएर ल्याएको बजेटको कार्यान्यन पक्ष सबल रहने आर्थिक मामिला तथा योजना मन्त्री बोहराले दाबी गरेका छन्। चालू आर्थिक वर्षको बजेट हालसम्म ५४ प्रतिशत भएको भन्दै आगामी आर्थिक वर्षको बजेट खर्च ९० प्रतिशत हुने उनले दाबी गरे।

प्रदेश सभा बैठक सम्पन्न भइसकेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री बोहराले कर्मचारीको अभाव हल हुँदै गएका कारण बजेट खर्चमा प्रगति हुने बताए। ‘कर्मचारीको अभाव पनि हट्दै छ सरकारको संयन्त्र पनि बलियो बन्दै छ’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट खर्च ९० प्रतिशतभन्दा बढी हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.