|
file Photo

डोल्पा : डोल्पाको तल्लो भेगमा पर्ने मुड्केचुला गाउँपालिका-१ मा औलमा पर्ने काचिला खोलामा बाढी आउँदा १० जना सम्पर्कविहीन भएका छन् भने १ जनाको शव भेटिएको छ।

मृत्यु हुँनेमा धर्मराज बोहोरा रहको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले दिए। दिउँसो साडे तीन बजेतिर गएको बाढीले ३ घर, १० घट्ट र लघुजलविद्युत्को पाइप बगाएको प्रजिअ केशरीले बताए।

सम्पर्कविहीन भएका १० जना गाउँ छोडेर गएकी बाढीले बगायो यकिन नभएको प्रहरीले जनाएको छ।

घटनास्थलतर्फ प्रहरीको चौकी इलको टोली गइसकेको र सदरमुकाम दुनैबाट पनि प्रजिअ केशरी र डिएसपी अवदेश विष्टको नेतृत्वमा थप प्रहरी र सशस्त्र प्रहरी जाने तयारी भइरहेको बताइएको छ।

घटनास्थल सदरमुकामबाट १ दिनको पैतल दूरीमा पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.