|

काठमाडौं : प्रतिनिधि सभाको सोमबार दिउँसो बस्ने भनिएको बैठक स्थगित भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक संसद सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो । 

संसद सचिवालयका अनुसार अर्को बैठक साउन ८ गते १ बजे बस्‍ने कार्यक्रम तय गरिएको छ। यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदमा स्थगनको प्रस्ताव दर्ता गराएका थिए। उनीहरूले संसदको नियमित कार्यसूची स्थगित गरि बाढी पहिरोले देशभर पुर्‍याएको क्षति तथा उद्दार र राहतमा सरकारले गरिरहेको कामबारे छलफल गर्न माग गरेका थिए। 

संसदमा कांग्रेस-राजपाले दर्ता गरे सार्वजनिक महत्वको प्रस्ताव 

प्रतिनिधिसभा नियमावलीको नियम ७८ (१) अनुसार अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल गर्नका लागि बैठकको कार्यक्रम स्थगित गरियोस भन्‍ने प्रस्ताव सभामुखको अनुमतिले पेश गर्न सक्ने व्यवस्था गरिएको छ। 

देश बाढी पहिरोले आक्रान्त भएका बेला अन्य विषयमा छलफल गर्नु सान्दर्भिक नहुने भएकाले स्थगन प्रस्ताव दर्ता गरिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.