|

सुनसरी : बुधबार बिहान साइकल चढेर इटहरी १६ स्थित पूर्वपश्चिम राजमार्ग पुगेका इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी एकाएक सडकमा उत्रिए। साइकल पार्किङ गरेर नगर प्रमुख चौधरीले केही नगर प्रहरीसहित डोजर बोलाएर सडक अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाए।

त्यहीक्रममा इटहरी-१६ मा स्थित घरको मुख्यगेट र पर्खाल भत्काइदिए। यो क्रम बुधबार बिहानभर चल्यो। मेयर चौधरीले सडक अतिक्रमण गरेर बनाइएका आधा दर्जन संरचनामा डोजर चलाए। सडक अतिक्रमण गरिएका संरचनापछि चौधरीले खोला अतिक्रमण गरेर बनाएको संरचना भत्काउन सुरु गरे।

डोजर र नगर प्रहरी लिएर हिँडेका नगरप्रमुख चौधरीले इटहरी-१७ को स्यार्सेकाली पम्प आसपासमा खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेका छन्। एक वर्षअघिदेखि सुरु पैनी अतिक्रम रोक्ने कामलाई निरन्तरता दिन डोजर चलाइएको उनी बताउँछन्।

पटक-पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले नगर प्रहरी र डोजर लिएर आफैँ उत्रिनुपरेको नगरप्रमुख चौधरीले बताए। केही दिनअघि उनले आफ्नै घरको पर्खाल बाटोमा परेको भन्दै डोजर चलाएका थिए।

आफ्नो घरको पर्खालमा डोजर चलाएर सुरु गरेको अभियानलाई निरन्तरता दिएकोसमेत नगरप्रमुख चौधरीको भनाइ छ। प्रत्येक वर्ष बर्खाको समयमा सडक तथा सार्वजनिक जमिन अतिक्रमण बढ्नाले बर्सेनि इटहरी डुवाउमा पर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.