समाज

१५ लाख रूपैयाँ घुससहित समातिए तीनजना इन्जिनियर
SHARES

साउन ४, २०७६

    काठमाडौं : भक्तपुरबाट शुक्रबार साँझ १४ लाख ६८ हजार घुससहित सिचाइँ कार्यालय दोलखाका प्रमुख र अर्का इन्जिनियर पक्राउ परेको भोलीपल्ट शनिबार बर्दियाबाट तीनजना इन्जिनियर घुससहित समातिएका छन्। 

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार शनिबार दिउँसो तीनजना इन्जिनियर १५ लाख रूपैयाँ घुससहित बर्दियामा पक्राउ परेका छन्।  

    कर्णाली नदी नियन्त्रण आयोजनाका तीनजना इन्जिनियर कमल सिटौला, विशेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले १५ लाख रूपैयाँ घुससहित एकसाथ पक्राउ गरेको हो।  

    कोइरालाका अनुसार तीनैजनालाई बर्दियाको गेरुवा गाउँपालिकाबाट सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो। 'अहिले मुचुल्का उठाउने काम भइरहेको छ', कोइरालाले भने, 'अख्तियारको टोली गेरूवामै रहेकाले विस्तृत विवरण प्राप्त हुन केही समय लाग्छ।'

    यो पनि : सिँचाइ कार्यालय प्रमुख र इन्जिनियर साढे १४ लाख घुससहित पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]