|

एजेन्सी : बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोनसन चयन भएका छन्। बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय लागू गराउन असफल भएपछि ७ जुनमा राजीनामा दिएकी थेरेसा मेको स्थान जोनसनले लिने भएका हुन्। 

थेरेसा मे को स्थानमा कन्जर्भेटिभ पार्टीले बोरिस जोनसन र जेरेमी हन्टमध्ये एकजनालाई प्रधानमन्त्री चुन्‍न पार्टी कार्यकर्ताको मत लिएको थियो। यस्तोमा जोनसनको जित करिब पक्का जस्तै थियो। 

बेलायतको प्रधानमन्त्री पद र सत्तारूढ कन्जरभेटिभ पार्टीको नेता पदका लागि चुनावी प्रक्रिया सोमबार सकिएसँगै जोनसन नयाँ प्रधानमन्त्री हुने भएका हुन्। यो प्रक्रियामा पार्टीका कार्यकर्ताले भोट हालेका थिए। 

पार्टी नेताबीच मतदानमा जोनसन सबैभन्दा अगाडि देखिए। बेलायतको संविधान अनुसार, बहुमत प्राप्त पार्टीका नेता नै प्रधानमन्त्री बन्छन्। यसैबीच थेरेसा मे सरकारमा रहेका विदेश मन्त्री सर एलन डङ्कनले पनि सोमबार राजीनामा दिएका छन्। डङ्कले जोनसनसँग काम गर्न नसक्ने भन्दै राजीनामा दिएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.