|

सुनसरी : मिलेमतो गरी खेल जिताएको आरोपमा पश्चिमाञ्चलका खेलाडीले भलिबलका रेफ्री विनय राईलाई कुटपीट गरेका छन्।

मंगलबार बिहान सुनसरीको इटहरी रंगशालामा भएको सेमिफाइनल खेल आर्मीले जितेपछि जिताउन सहयोग गरेको भन्दै रेफ्री राईमाथि कुटपीट भएको हो।

खेल सकेर हात मिलाउने क्रममा रेफ्री राईमाथि कुटपीट भएको घटनास्थलबाट थाहाखबर सम्वाददाता विनोद ढकालले जनाएका छन्। अहिले भलिबलका खेलहरु रोकिएका छन्।

राई धनकुटाका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.