|

कास्की : समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईको गाउँ गोरखाको पालुङ्टार नगरपालिका- ८, दुभारस्थित एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।

बुधबार राति करिब ११ बजे आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए। टावरमा जोडिएको सोलार प्रविधिका उपकरण, तारहरु जलाएर नष्ट पारिएको वडाअध्यक्ष शंकर कँडेलले जानकारी दिए । 

घटनास्थलमा बिहानै प्रहरी पुगिसकेको छ । यसअघिका एनसेल टावर आगलागी घटनामा विप्लव समुहको संलग्नता रहेको थियो। यो घटनामा पनि उनीहरुकै संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.