|

सल्यान : सल्यानमा अज्ञात समूहले एनसेलको टावरमा आगजनी गरेको छ। जिल्लाको बागचौर नगरपालिका ५ शिवरथ जारुमारेमा रहेको एनसेलको टावरमाथि बुधबार राति अज्ञात समूहले आगजनी गरेको बताइएको छ। 

आगजनीबाट टावरमा रहेको एक सोलारको प्यानल पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घटनाको अहिलेसम्म कुनैले पनि जिम्मा नलिएको र कुनै पर्चा पनि नभेटिएकाले तत्काल केही भन्न सकिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्रबहादुर शाहीले बताए।

राति एक बजेसम्म प्रहरीले टावरमा रहेको र प्रहरी फर्किएपछि आगजानी भएको उनको भनाई छ। घटनाको अनुसन्धान भइरहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.