|

पर्सा : पर्साको विन्दवासिनीमाई गाउँपालिका ४ मधवलका उपनेस चौरसियाले आफू अपहरणमा परेको भन्दै अपवाह फैलाएको विषयलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको छ।

भारतको रक्सौलस्थित श्याम इन्टरनेशनल होटलको कोठा नम्बर ५ मा मधुवलकै गाउँले साथीहरू २८ वर्षीय निरंजन तिवारी र २९ वर्षीय एजाजुल मियाँ अंसारीसँग बसी आफू अपहरण गरिएको हल्ला फैलाएको चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

२३ वर्षीय चौरसियाले आफू साथीहरूसँगै बसेर आफ्नै गाउँका अर्का २१ वर्षीय सनुप दास तात्वालाई बोलाई वीरगंज पठाएर आफू अपहरण भएको भनी हल्ला फैलाउन लगाएका थिए।

अपहरण फैलाएका सनुप दास तात्वालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.