|

सिरहा : जिल्लाको विभिन्न दुई ठाउँमा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको पश्चिमी सीमामा पर्ने कल्याणपुर नगरपालिका ९ र सुखीपुर नगरपालिका ६ खरीटोलमा गरी दुई बालिकाको पानीमा डुबेर मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कल्याणपुर नगरपालिका ९ रुदलपुर गाउँ नजिकै बग्ने घुर्मी खोलामा बिहीबार भैँसीलाई आहाल डुबाउने क्रममा डुबेर स्थानीय रासलाल महतोकी छोरी अन्दाजी १४ वर्षीया रुञ्ची कुमारी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

भैँसीसँगै खोलामा गएकी महतो खोलामा नुहाउने क्रममा डुबेर मृत अवस्थामा भेटिएपछि अनुसन्धान भरहेको प्रहरीले जनाएको छ।

त्यसअघि सुखीपुर नगरपालिका ६ खरीटोलमा दुखी रामकी छोरी एक वर्षीया रविना रामको बुधबार वडा कार्यालय नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको थियो। नगरपालिकाको पोखरीको डिलमा घर हुँदा डिलमा खेल्ने क्रममा रविनको शव पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.