|

बाँके : प्राकृतिक विपद्को पूर्व सूचना प्रणालीका लागि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका १२ ठाउँमा सेन्सर जडान गरिएको छ। सेन्सरबाट भूकम्प, वर्षा र हावाहुरीबारे पूर्व जानकारीका लागि कोहलपुर र बैजनाथ गाउँपालिकामा सेन्सर जडान गरिएको हो। 

ताइवान सरकारको नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर) को आर्थिक सहयोगमा वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) को समन्वयमा दुबै स्थानीय तहमा ६/६ वटा सेन्सर जडान गरिएको छ। सेन्सरबाट ३ रेक्टरभन्दा बढीको भूकम्प आउँदा, वर्षाको पानी र हावाहुरी मापन हुने इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले जानकारी दिए। 

सेन्सरको कन्ट्रोल रुम कोहलपुर नगरपालिकामा राखिएको छ। जहाँबाट सबै सेन्सरको सूचना संकलन गरि सर्वसाधारणलाई जानकारी दिने व्यवस्था मिलाइएको उनले बताए। ‘सेन्सर जडान भएपछि विपद्बाट हुने सम्भावित जोखिम न्यूनीकरणमा मद्दत मिल्नेछ’ उनले भने। 

इन्रुडेकले बिहीबार र शुक्रबार दुबै पालिकाका जनप्रतिधिलाई विपद् जोखिम व्यवस्थापन कार्ययोजना निर्माणसम्बन्धी तालिम पनि दिएको छ। तालिममा एनसीडीआरका महासचिव डा.डब्लु ली, डा. शु, डा. ग्लोरिया र एनसीडीआरका अन्तर्राष्ट्रिय परामर्शदाता डा. कमलराज अर्यालले विभिन्न विषयमा सहजिकरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.