|

पोखरा :  अविरल वर्षाका कारण बडिगाड खोलामा बाढी आएको छ। आइतबार आज रातिदेखि उर्लेको बडीगाडले अघिल्लो वर्ष पहिरोका कारण बनेको तुरतुरे ताल पनि फुट्न थालेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले थाहाखबरलाई जानकारी दिए। 

तालमा भएको पानी विस्तारै बढ्दै बग्न थालेकोले तटिय क्षेत्रका स्थानीयलाई सचेत हुन आग्रह गरिएको उनले जानकारी दिए। बडिगाड उर्लेपछि त्यहाँ झण्डै २ सय मिटर दूरीको मध्यपहाडी लोकमार्गको सडक समेत बगाएकोछ। बडीगाड गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा अघिल्लो वर्ष पहिरो जाँदा खोला थुनिएर झण्डै डेढ किलोमिटर क्षेत्रमा ताल बनेको थियो।

ढोरपाटन नगरपालिका–१ र बडीगाड गाउँपालिकाको भर्‍याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको थियो। खोला थुिनएपछि ढोरपाटन नगरपालिका–२ को सिमलचौर क्षेत्रका केही घर डुबानमा परेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.