|

काठमाडौं : इन्टरनेट र केबुल टेलिभिजनको सेवा प्रदायक कम्पनी सुविसुमा बुधबार मध्यान्ह लागेको आगो नियन्त्रणमा आएको छ । 

सुविसुको बालुवाटारस्थित मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो १२ बजेतिरबाट सुरु भएको आगो नेपाल प्रहरी, सशष्त्र प्रहरी, जुद्ध बारुण यन्त्रको पहलमा करिव साढे १ बजेतिर नियन्त्रणमा आएको हो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरीले दमकलका सहायतामा करिब डेढ घण्टा पछि आगो नियन्त्रणमा लिएको सुविसु केवुल नेटवर्क प्रालिका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। 

उनले बालुवाटार बाहेक अन्य क्षेत्रमा आगलागीका कारण अवरुद्ध भएको सबै सेवा एक घण्टाभित्र सुचारु भएको बताए। बालुवाटारको हकमा भने भोली बिहानसम्म सबै सेवा सूचारु गराउने गरी काम सुरु गरिएको पनि उनले जानकारी दिए।

सुविसुले अहिले सबै सेवा सञ्चालन थापाथलीस्थित कार्यालयबाट भइरहेको पनि जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन अझै केही समय लाग्ने पनि अध्यक्ष पराजुलीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.