|

  • बिदुर कटुवाल

उदयपुर : श्रीमानको कुटाईबाट होस गुमाएकी उदयपुर भलायडाँडाकी २३ वर्षिय सरिता मोतेलाई उपचारका लागि आर्थिक सहयोग जुटेको छ। 

पुस ९ गते थाहाखबरमा ‘गाँजा खाएर श्रीमती कुटेपछि श्रीमान् फरार, पैसाको अभावमा उपचारमा समस्या’ समाचार प्रकाशन भएपछि उपचारको लागि आर्थिक सहयोग जुट्न थालेको छ।

आर्थिक अवस्था कमजोर भएको मोते परिवारलाई सरिताको उपचारको लागि डेनमार्क लगायतबाट ८५ हजार सहयोग जुटेको पंचावती गाविसका स्थानीय समाजसेवी बोधकुमार घिमिरले बताए।

‘थाहाखबर लगायतका सञ्चारमाध्यममा उपचारको लागि आर्थिक समस्या भन्‍ने समाचार प्रकाशन\प्रशारण भएपछि एकमुष्ट ६० हजार सहयोग प्रप्त भएको छ,’ घिमिरेले भने, ‘गाविसबाट १५ हजार अनि स्थानीय व्यक्तिबाट ८ हजार रुपैया संकलन गरीजम्मा ८५ हजार जम्मा गरेर सरिताको ससुरा होमबहादुर मोतेलाई हस्तान्तरण गरेका छौ।’

पञ्चावती नेपालटारकै स्थानीय भेषराज खतिवाडाले थाहा खवरमा समाचार पढेपछि प्रभु बैक विराटनगर शाखाको आफ्‍नै खाता ००८००१००२९८६७१०००००७ बाट सहयोग मागिरहेको बताए।

‘मेरो छिमेकी भएकाले सरितालाई बचाउँन मैले हतारमा मेरै खातामा सहयोग माग्न थाले ।’ खतिवाडाले भने, ‘सहयोग आएको पैसाले सरिताको उपचार गराईरहेको छु, होसमा आएकी छैनन्।’ गाँजा सेवन गरेर सरितालाई पुस १ गते श्रीमान जीवन मोतेले दाउराले हिर्काई टाउकोमा गम्भिर चोट लागेको छ। १५ दिन देखि अचेत अवस्थामा बिराटनगरको लाईफगार्ड अस्पतालबाट रिफर भई हाल नोबेल मेडिकल कलेजको आईसियूमा राखेर उपचार भैरहेको छ।

आर्थिक अवस्था कमजोर सरिताका ससुरा होमबहादुरले आफ्नो घर जग्गा समेत ३ लाख रुपैयाँमा बिक्री उपचार गर्दा पनि पैसाको अभाव भएको बताए। ‘घरजग्गा सकेर, सहयोग मागेर उपचार गर्दा पनि बुहारीको होस आएको छैन,’ बुहारीको कुर्वा बसेका होमबहादुरले भने,‘ नातिनातिको बिजोग भयो।'

गाँजाको मातम श्रीमति कुटेर फरार भएका श्रीमान जीवनलाई अहिले जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी नियन्त्रणमा लिएको छ। सरिताका ४ वर्ष र २ वर्षका छोराहरु र ४ महिनाकी एक नाबालक छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.