|

काठमाडौं : भिभो नेपालले आफ्नो नयाँ प्रडक्ट, भिभो एस १ नेपाली बजारका भित्र्याएको छ।

भीभो एस १ मा स्मार्टफोन स्क्रिन टच आइडी, सूपर एमोलेड अल्ट्रा अल स्क्रिन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जनाएको छ। यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्समा बजारमा उपलब्ध छ।

स्टायलिस स्मार्टफोन चाहने नेपाली युवाका लागि भिभो एस १ उपयुक्त हुने भीभो नेपालका जनरल म्यानेजर मार्सले बताए। ‘भिभो एस १ स्टायलिस डिजाइन, स्मार्ट क्यामरा, ठूलो स्क्रिनका साथमा क्लियर भीजुअल एक्सपेरियन्स र भरोसायोग्य परफरमेन्सका साथमा आएको छ। भिभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रीन टच आईडी जस्ता थप विशेषताहरु पनि रहेका छन्। यसले मोबाइल एक्सपेरियन्सलाई अझ रमाईलो बनाउँछ’ बजार निर्देशक ग्याभिनले भने।

भीभो एस १ मा ६ जीबी र्‍याम र १२८ जिबीको आन्तरिक स्टोरज(रोम) रहेको छ जसले भिडियो, गीत संगीत स्टोर गर्न र तस्वीर संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ। पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नको लागि भीभो एस १ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल इन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ।

भिभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ। भिभो एस वानले मल्टी टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिङ मोड प्रस्तुत गरेको छ जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको परफरमेन्सलाई सहज बनाउँदै ब्याट्री लाइफ पनि बचाउँछ। भीभो एस १ आधिकारीक रूपमा नेपाली बजारमा ३४,६९० मा उपलब्ध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.