काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकलाई ऐनले दिएको अधिकार प्रयोग गरेर उमेर हदसम्वन्धी निर्णय गरिएको बताएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकको उमेर हद कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशपछि गभर्नर नेपालले ऐनले दिएको सुविधा नै प्रयोग गरेर निर्णय लिएको बुधबार अर्थ समिति बैठकका बताएका हुन्। राष्ट्र बैंकले यस अघि निर्देशिका जारी गर्दै ६५ वर्षे उमेर हद कलागु गर्न भनेको थियो।
राष्ट्र बैंकको निर्देशनपछि जागिर छाड्नुपरेका प्राइम कमर्सियल बैंकका सीईओ नारायणदास मानन्धरले सर्वोच्चमा रिट दायर गरेका थिए । मंगलबार सर्वोच्चले राष्ट्र बैंकलाई बैंकका प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।
समितिका सभापति कृष्णप्रसाद दाहालले ऐनमा स्पष्ट नतोकिएका कारण राष्ट्र बैंकले उमेर हदको निर्देशन जारी गर्न नहुने बताए । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनकै क्रममा रहेको भन्दै उनले भने, ‘बाफियामा नै उल्लेख गरेपछि निर्देशन दिएको भए उत्तम हुने थियो ।’
वैठकमा गभर्नर नेपालले बैंकका सेयरधनीहरुलाई आफुखुसी गर्ने अघि अधिकार नभएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।