छापा

चीनका २२ सय कामदारलाई दियो श्रम विभागले स्वीकृति
SHARES

साउन ३०, २०७६

    काठमाडौं : श्रम विभागले २ हजार २०४ जना चिनियाँ कामदारलाई श्रमस्वीकृति दिएको छ।

    गत वर्ष ७७ महिलासहित १ हजार ३१७ जना चिनियाँ कामदारलाई स्वीकृति दिइएको थियो। नेपालमा निर्माणाधिन हाइड्रो प्रोजेक्टमा चिनियाँ कामदार रहेका विभागको भनाइ छ।

    गृहमन्त्रालयको कार्यसहमतिका आधारमा विदेशी कामदारलाई श्रमस्वीकृति दिने गरिएको छ। श्रम ऐन २०७४ अनुसार नेपालमा दक्ष कामदार नभए मात्रै विदेशी कामदारलाई श्रमस्वीकृति दिइन्छ भन्ने खबर कान्तिपुर दैनिकमा छ।

    विदेशी कामदारको श्रम स्वीकृतिको लागि ६ महिनासम्म रोजगारदाताले १५ हजार र त्यसभन्दा बढीका लागि २० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। एकपटकमा एक वर्ष नबढ्ने गरी श्रमस्वीकृति दिने व्यवस्था छ। नेपालमा श्रमस्वीकृति पाउने कुल कामदारको संख्या ३२ सय ९८ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]