|

काठमाडौं : वामदेव गौतम सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बन्ने भएका छन्। बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका हुन्।

अध्यक्षद्वय उपाध्यक्ष पद सिर्जना गरेर त्यसमा गौतमलाई मनोनित गर्ने प्रस्ताव सचिवालयले पनि स्वीकारेको छ। वामदेवले पनि पार्टीको उपाध्यक्ष पदमा बस्न तयार भएको जनाएका छन्। 

स्रोतका अनुसार अध्यक्षद्वयको उक्त प्रस्तावलाई आगामी स्थायी समितिको बैठकले पारित गरेसँगै वामदेव दुई अध्यक्षपछि एक उपाध्यक्ष हुनेछन्। अहिले पार्टीमा दुई अध्यक्ष र महासचिवको व्यवस्था गरिएको छ । यो व्यवस्था नेकपा एमाले र नेकपा माओवादीको एकताका क्रममा गरिएको हो।

पार्टी एकता घोषणा भएको करिब डेढ वर्षपछि वामदेवलाई उपाध्यक्ष बनाउन लागिएको हो। उनले लामो समयपछि पार्टीको संगठन विभागको जिम्मेवारी पनि पाएका छन्। एमाले र माओवादी एकता गराउने क्रममा उनले खेलेको भूमिकालाई मध्य नजर राखेर सो पद दिइएको हुन सक्ने एक नेताले बताए । सांसदमा उम्मेद्वार बनेका नेता गौतम गत निर्वाचनमा पराजित बनेपछि लगभग भूमिका विहिन जस्तै बनेका थिए ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.