रेस्लिङ स्टार एवं हलिउड अभिनेता ड्वेन जन्सन 'द रक'ले दोस्रो विवाह गरेका छन्।
पहिलो श्रीमतीबाट १८ वर्षीया छोरी रहेका 'द रक'ले आफ्नी प्रेमिका लरेन ह्यशिअनसँग अमेरिकाको हवाईमा विवाह गरेका हुन्। सतचालीस वर्षीय जन्सनले १५ करोड ४० लाख प्रयोगकर्ताले पछ्याइरहेको आफ्नो इन्स्टाग्राममा विवाहको घोषणा गरेका थिए।
सो जोडी सन् २००६ देखि प्रेमसम्बन्धमा थियो। हवाईमा आयोजित एउटा गोप्य समारोहमा उनीहरूको विवाह भएको हो। 'द गेम प्लान' फिल्मको छायाङ्कनका बेला पहिलो पटक उनीहरू भेट भएको थियो।
लरेन ह्यशिअन सन् ८० को दशकमा प्रसिद्ध गीत 'मोर द्यान अ फीलिङ्'का लागि चिनिएका अमेरिकी रक ब्यान्ड बोस्टनका गितारवादककी छोरी हुन्। उनी पनि सङ्गीतकर्मी हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।