|

पोखरा : पोखरा उच्च अदालतका दुई न्यायाधीशले राजीनामा दिएपछि सर्वोच्च अदालतले दुई न्यायाधीशलाई पोखरा खटाएको छ। न्यायपरिषदको छानविनमा रहेका उच्च अदालतका दुई न्यायाधीशले राजीनामा दिएपछि न्यायाधीशहरू जीवनहरि अधिकारी, रामचन्द्र यादवले राजीनामा दिएका थिए। 

गोर्खा ब्रुअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर आदेश दिएपछि न्यायपरिषदले उच्च अदालत पोखराका तीनजना न्यायाधीशमाथि छानविन शुरु भएको थियो।

अधिकारी, यादव  र नरबहादुर शाहीमाथि छानविन सुरु भएको छ। गत साउन ८ गते प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको अभियोग लागेका न्यायाधीशहरू जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानविन तथा कारवाहीको आदेश दिएको थियो।

छानविनमा रहेका न्यायाधीश अधिकारीले एक हप्ता अघि र यादवले भदौ पाँच गते राजीनामा पत्र बुझाएका हुन्। सर्बोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा यस विषयमा गठन भएको समितिले बयान लिइसकेपछि उनीहरूले राजीनामा दिएका हुन्। उनीहरूले अनावश्यक छानविन तथा कारबाहीको नाममा बेइज्जती गरिएको भन्दै राजीनामा गर्न बाध्य भएको समेत बताएका छन्। उनीहरूले अभियुक्त जसरी नै तारिख धाउनु परेको पनि बताएका थिए। 

दुई/दुई जना न्यायधिशले राजीनामा बुझाएपछि सर्वाेच्च अदालतले उच्च अदालत पोखराका काम प्रभावित नहोस् भनेर पठाएको छ। उच्च अदालतमा दुई न्यायाधीशले राजीनामा दिए पनि कुनै पनि काम कारबाही प्रभावित नभएको रजिस्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिए। 

‘काम कारबाही प्रभावित भएको छैन। उहाँहरुको सट्टामा दुई जना न्यायाधीशहरू आइसक्नु भएकोछ’ उच्च अदालत पोखराका रजिस्टार थपलियाले भने, ‘मुद्दाको चाङ छ। उहाँहरूले राजीनामा दिएपछि प्रमोद बैद्य श्रेष्ठ विशेष अदालतबाट र विनोद मोहन आचार्य जनकपुर उच्च अदालतबाट आइसक्नु भएको छ।’

प्रमोद बैद्य आज सोमबारबाट र आचार्य गत अघिल्लो हप्ताको आइतबारबाट उच्च अदालत पोखरा आएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.