|

चितवन : शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को मुद्दामा चितवन जिल्ला अदालतमा थुनछेक बहस सुरू भएको छ। अहिले ३ जना सरकारी वकिल बहसमा सहभागी भइरहेका छन्।

यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापाले बहस गरिरहेका छन्। सरकारी वकिलले आफ्नो भनाइ राखिसकेपछि प्रतिवादीकातर्फबाट वकिलहरु सहभागी हुने अदालतका श्रेस्तेदार रुद्रमनी गिरिले बताए। तीनैजनाविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दामा अदालतमा बहस भइरहेको हो।

केही समयअघि रविसहितका तीनैजनाको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो। बहस सकिएपछि जिल्ला अदालतले उनीहरुलाई रिहा गर्न वा कारागार चलान गर्न आदेश दिनेछ। यदि बहस लम्बिए  तीनैजना फेरि हिरासतमै जानुपर्नेछ ।

जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भइरहेको बहसमा ८ जना वकिलहरुले नाम टिपाएको जिल्ला अदालतले जानकारी दिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.