|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टीका आन्तरिक विषय र नेताका बारेमामा सार्वजनिक टिकाटिप्पणी नगर्न नेता/कार्यकर्ताहरूलाई सचेत गराएको छ।

नेकपाको सोमबार बसेको सचिवालय बैठकले पार्टी नेताबारे व्यक्तिगत आक्षेपमा उत्रिने र अनावश्यक रूपमा सार्वजनिक टिकाटिप्पणी गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्ने पनि निर्णय भएको छ।

पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले धुम्बाराहीमा बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै भने, 'हाम्रो पार्टीको नेता, कार्यकर्ता वा अन्य कुनै कामरेडहरूका बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कामरेडहरूले कुनै कुरा व्यक्तिगत रूपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ। सार्वजनिक रूपमा लगिएमा स्पष्टिकरणलगायत पक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही हुनेछ।'

नेकपाका केन्द्रीय नेताहरूले नै विगतमा सामाजिक संजालमा शीर्ष नेताहरूविरुद्ध टिकाटिप्पणी गर्दै आएका थिए। त्यस्तो गर्नेलाई कारबाही गर्नुपर्ने माग पार्टीभित्रै उठ्न लागेको थियो।

सम्बन्धित समाचार :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.