|

प्यूठान : प्यूठान नगरपालिका ५ जुम्रीकाढाँमा सोमबार आगलागी दुई घर जलेर नष्ट भएको छ।

दिउँसो बालबालिकाले घासमा आगो लगाउँदा घरसम्म पगेर क्षति गरेको प्यूठान नगरपालिका ५ का वडा अध्यक्ष लक्षुमन भण्डारीले जानकारी दिए। उनका अनुसार स्थानीय बाबु गोपाल कामी र छोरा गने कामीको घरमा आगलागी भएको हो।

स्थानीयको सहभागितामा आगोे नियन्त्रणमा लिएका थिए। घटनाबाट कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.